आगो ताप्ने क्रममा विराटनगरमा जलेर ८० वर्षीया वृद्धाको मृत्यु

Read Time = 1 min

विराटनगर । जाडो छल्न आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक वृद्धाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१० लालिगुराँस चोकमा बिहीबार बिहान आगो ताल्ने क्रममा जलेर स्थानीय ८० वर्षीया देवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

मोरङ प्रहरीका अनुसार बिहीबार घरभित्रको फलामको मकलमा आगो ताप्ने क्रममा बिहान साढे ७ बजे अचानक लुगामा आगो सल्किँदा वृद्धाको जलेर मृत्यु भएको हो ।

छोरा धीरेन्द्र बिहान दूध लिन गएका र आफन्तहरू घरभित्रै भएको अवस्थामा बाहिर आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?