दोहोरी गायिका निरा छन्त्याल पनि दुर्घटनाग्रस्त जहाजमा रहेको पुष्टि

Read Time = 3 mins

काठमाडौं । दोहोरी गायिका निरा छन्त्याल पनि दुर्घटनाग्रस्त जहाजमा रहेको पुष्टि भएको छ ।
पारिवारिक स्रोतले निरा सोही जहाज चढेर पोखरा गएको बताएको छ । साथै जहाजमा सवारहरुको नामावलीमा समेत उहाँको नाम उल्लेख छ ।
गायिका निरा माघे सङ्क्रान्तिका अवसरमा पोखरामा आयोजना हुने कार्यक्रमका लागि प्रस्थान गरेको खुलेको छ ।

निराले आज मात्रै आफ्नो फेसबुकबाट माघे सङ्क्रान्ति शुभकामना लेख्नु भएको थियो। हिजो निराले ‘भोलि पोखरा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस लेख्नुभएको थियो ।

उहाँको अवस्था बारे अहिलेसम्म जानकारी आएको छैन ।यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ हुनुहुन्थ्यो ।

साथै, स्लोक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्कि गुरुङ, शिवकुमार गुरुङ, सिता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सञ्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले हुनुहुन्थ्यो ।

ADVERTISEMENT

त्यसैगरी उक्त विमानमा सीताकुमारी खड्का, अनिलकुमार राजभार, भगवती कुँवर, अविशेक कुश्वाह, ओममाया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना सवारी हुनुहुन्थ्यो । अन्य यात्रीमा सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा र लवराज तिमिल्सिना सवार हुनुहुन्थ्यो ।

विमानमा सवार विदेशी नागरिकमा मेरोल लभ, आयूरी ल्यागीन, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन, एलेक्जेण्डर आइरिडोरे हुनुहुन्थ्यो ।

साथै, शिशुहरुमा कृष परियार, प्रसिद्धी पौडेल, आयुर्दि शर्मा, बेबी शर्मा हुनुहुन्थ्यो भने बाँकी दुईजना शिशुहरुको नाम खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?