चीनमा कोभिडजन्य समस्याबाट एक महिनामा ६० हजारको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

बेइजिङ । चीनमा पछिल्लो एक महिनामा कोभिड सृजित समस्याका कारण झण्डै ६० हजार जनाको मृत्यु भएको भएको छ । चीनका स्वास्थ्य अधिकारीहरूले यस्तो जानकारी दिएका हुन् ।

सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) अन्तर्गतको चिकित्सा प्रशासन व्युरोका प्रमुख जियाओ याहुईले जानकारी दिए ।

ADVERTISEMENT

उनका अनुसार ५ हजार ५०३ जनाको मृत्यु कोभिडका कारण श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य रोगका कारण भएको हो ।

सरकारले डिसेम्बरको सुरुमा शून्य कोभिड नीतिमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसपछि दिनहुँ हजारौँ जना कोभिड संक्रमित हुन थालेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?