मुलुकको राजनीतिक स्थायित्वका लागि सत्तारुढ गठबन्धन टिक्न गरुरी छ : प्रदीप ज्ञवाली

Read Time = 4 mins

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनु भएको छ ।

मुलुकको राजनीतिक स्थायित्वका लागि पनि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढनुपर्ने पूर्वमन्त्री समेत रहनु भएका उपमहासचिव ज्ञवालीको तर्क थियो ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले मुलुकमा राजनीतिक स्थायित्वको नाममा राजनीतिक प्रणालीमा भने पुनर्विचार गरेर जाने अवस्था तत्कालका लागि नभएकोतर्फ पनि सचेत गराउनु भयो ।

उपमहासचिव ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि प्राज्ञिक बहसको माग समेत गर्नु भयो । नभए निर्वाचन अघिको गठबन्धन पनि नटिक्ने र पछिको गठबन्धन पनि टिकाउ नहुँदा मुलुक मारमा पर्ने उहाँले स्मरण गराउनु भयो ।

ADVERTISEMENT

उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्वको लागि राजनीतिक विचारधारामा आधारित, उद्देश्यमा आधारित गठबन्धन बनाएर मुलुकको राजनीतिकलाई अघि बढाउनुको विकल्प नरहेको पनि पटकपटक दोहो¥याउनु भयो ।

उहाँले भन्नु भयो, ‘एकदमै छिटोछिटो प्रणालीमा पुनर्विचार बाञ्छनीय कुरा होइन होला । हरेक पटक समस्यालाई हामीले चलाउन नसक्ने, धुलो आफ्नो निधारमा लागेको छ । गाडीको ऐन पुछेको पुछ्यै गरेर समाधान खोज्ने कुरा पनि सायद व्यवहारिक होइन होला । त्यस हिसावले गर्दा यदि दलहरुको बीचमा टिकाउ खालको एलाईन्सको माग गर्छ अहिलेको हाम्रो राजनीतिक प्रणालीले । राजनीतिक स्थायित्वको निम्ति पनि त्यो आवश्यक छ । तह हामी कहाँ निर्वाचन पूर्व बनाइएका एलाईन्सहरु नटिक्ने र निर्वाचन लगत्तै त्यसले बेग्लै कोर्स लिने यो खालको स्थिति बनेको छ । निर्वाचनमा मतदाताले एउटा एलाइन्समा भोट हाल्छन । तर, काठमाडौं आईपुग्दा नपुग्दै एलाईन्सहरु भत्किन्छ । र, फेरी नयाँ ढंगले एउटा कोर्स सूरु हुन्छ भने यो अहिलेको हाम्रो निर्वाचन प्रणाली र एलाईन्सहरु टिकाउ हुन नसकेको स्थितिमा राजनीतिक स्थायित्वको खोजी हामीले कसरी गर्ने ? एउटा असाध्यै ठूलो चुनौति हाम्रा सामू छ जस्तो मलाई लाग्दछ । यसका लागि प्राज्ञिक बहसहरु ओपन गर्नपर्छ भन्ने म ठान्दछु । भर्खरै संविधान परिवर्तन गरिहाल्ने, संविधानका कतिपय प्रावधानहरु परिवर्तन गरिहाल्ने बेला हो भन्ने म ठान्दिन । तर यसको बारेमा एकदमै बस्तुनिष्ट ढंगले अहिलेको निर्वाचन प्रणालीले यही भन्छ–यदि राजनीतिक स्थायित्व खोज्ने हो भने तिमीले दिगो पोलिसीवेष्ट, उद्देश्यमा आधारित एलाइन्स गर । जुन कुरा अहिलेको स्थितिसम्म हेर्दाखेरी करिवकरिव असम्भव जस्तो देखिएको छ । यो प्रश्नमा पनि हामीले घोत्लिनु पर्लाजस्तो मलाई लाग्दछ ।’

उपमहासचिव ज्ञवालीले अहिलेको निर्वाचन प्रणाली र एलाईन्सहरु टिकाउ हुन नसक्नुको कारणबारे खोजी गर्न जरुरी रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?