‘लगानीको वातावरणबिना समृद्धि असम्भव’

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले लगानीको वातावरण नबनेसम्म समृद्धिको सपना पूरा हुन नसक्ने बताउनुभएको छ । भक्तपुर उद्योग वाणिज्य संघको शुक्रबार भएको ३५औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उहँँले लगानीको वातावरण नबनेसम्म रोजगारी सिर्जना नहुने र रोजगारीको राम्रो व्यवस्था नभएसम्म मुलुकमा समृद्धि नआउने बताउनुभएको हो । सोही कारण महासंघ अहिले अर्थतन्त्र जोगाऔँ अभियानमा जुटिरहेको उहाँले जानकारी गराउनुभयो । अहिलेका लागि अर्थतन्त्र जोगाउनु मात्रै पनि ठूलो उपलब्धि भएको गोल्छाको भनाइ थियो ।

उहाँले मुलुक रेमिट्यान्सको भरमा चल्नु समग्र देशकै लागि खतरा भएको बताउनुभयो । नेपालको अर्थतन्त्र ध्वस्त भई असफल राष्ट्रमा जान सक्ने भन्दै उहाँले रेमिट्यान्समा मात्रै भर परेर बस्नु ठूलो गल्ती हुने बताउनुभयो । नयाँं सरकारले पूर्वाधारमा जोड दिँदै नेपालमा पर्यटन र रोजगारीलाई विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । हाल वार्षिक १० लाख पर्यटक नेपाल भित्रिरहेकोमा त्यसलाई १० गुणा बढाउने गरी योजना ल्याउनुपर्ने अध्यक्ष गोल्छाको भनाइ छ ।

ADVERTISEMENT

महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, महासंघकै वस्तुगततर्फका उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरलगायतले देशमा लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरिएको थियो । हिमालयन मिट वेयर प्रालि, नेपाल हृयाण्ड मिट, प्रधानांग एप्रोन इन्डष्ट्री र सिद्धिगणेश तरकारी प्रशोधनलाई उत्कृष्ट निर्यातकर्ताका रूपमा सम्मान गरिएको थियो । सो अवसरमा २०७९ को निर्वाचनमा भक्तपुरबाट निर्वाचित संघीय सांसदलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?