विद्युतीय उपकरणको अन्तर्राष्ट्रिय मेला हुने

Read Time = 2 mins

काठमाडौं । आगामी माघ ६ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ । जुन प्रदर्शनी नेपालको पहिलो, एकमात्र र सबैभन्दा बृहत् अन्तर्राष्ट्रिय ऊर्जा र विद्युत्सँग सम्बन्धित प्रदर्शनी हुने आयोजको दाबी छ ।

मिडिया स्पेस सोलुसन्स(एमएसएस) का साथै एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रालि (इटिएसआइपिएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा हुने मेलामा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी कम्पनीका स्टल रहने बताइएको छ । प्रदर्शनी, सम्मेलन र साझेदारीको उद्देश्यका साथ आयोजना हुन लागेको मेलाले नेपालमा विद्युत् तथा ऊर्जासँग आबद्ध विभिन्न उद्योगले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसर निर्माण गर्न केन्द्रको भूमिका निर्वाह गर्ने आयोजकको दाबी छ ।

ADVERTISEMENT

आयोजकका अनुसार नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रको राजस्व सन् २०२२ मा अमेरिकी डलर ३६ करोड पुग्ने प्रक्षेपण गरिएको थियो । इलेक्ट्रोनिक्स क्षेत्रमा सन् २०२७ सम्ममा प्रयोगकर्ताको संख्या १.३९ करोड पुग्ने अपेक्षा गरिएको छ । नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएका कारण पनि प्रदर्शनीमा भारत वर्षका सरोकारवालाको सहभागिता उल्लेखनीय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?