प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु

Read Time = 1 min

काठमाडौं । प्रभु बैंक र सेन्चुरी बैंकको आज (पुस २६ गते) बाट एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैंकले सेन्चुरी बैंकलाई (एक्विजिसन) प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । दुवै बैंकलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस १९ गते अन्तिम स्वीकृति दिएको हो ।  दुवै बैंकको पुस १४ गते सम्पन्न साधारण सभाले (एक्विजिसन) प्राप्तिका लागि प्रस्ताव पारित गरेका थिए ।

प्रभु बैंकले सेन्चुरी बैंककोे १००ः१०० सेयर स्वाप रेसियो प्राप्त गरेको छ । यसर्थ, सेन्चुरीको १०० सय कित्ता सेयर हुनेले अब प्रभुको नाममा १०० कित्ता नै सेयर पाउनेछन् ।

ADVERTISEMENT

हाल प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड र सेञ्चरी बैंकको १० अर्ब रूपैयाँ छ। प्राप्तिपछि बन्ने बैंकको चुक्तापुँजी २३ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?