कैलाली । भारतको गुजरातबाट कैलालीको टीकापुरका लागि हिँडेको बस लखनउमा दुर्घटना हुँदा तिन नेपालीसहित ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रसासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका-१ नयाँबस्तीका चन्द्रबहादुर साउँद, ज्योतिनगरका ललित साउँद र निर्मला बोहरा रहेका छन् । बसका चालक भारतीय एक जनाको भने सनाखत हुने सकेको छैन ।
६६ यात्रु सवार रहेको बसमा १४ जना घाइते भएका छन् । जसमध्ये ३ जना गम्भीर छन । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरु भारतका विभिन्न शहरबाट घर फर्किदै थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच