एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

Read Time = 1 min

काठमाडौं । सुनको मूल्यमा एकैदिन आइतबार एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ३००  रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ८००  रुपैयाँ निर्धारण भएको छ । शुक्रबार, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।

ADVERTISEMENT

आइतबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर बढेको छ । चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?