आशा लघुवित्तद्वारा निःशुल्क सीपमूलक तालिम

Read Time = 2 mins

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले मंसिर ७ देखि पुस २० गतेसम्म संस्थाको मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशअन्तर्गत २१ शाखा कार्यालयमार्फत् दुइदिने सीपमूलक तालिम सञ्चालन गरेको छ । शाखा कार्यालयहरूमा आबद्ध सदस्यमध्ये एक हजार ८५ जना महिला सदस्यलाई निःशुल्करूपमा लुगा धुने सर्फ, झोल साबुन, अचार, स्याम्पु, हृयाण्डवास, टीका विन्दी, चुरा गहना, कुसन तथा भाँडा माझ्ने साबुन बनाउने तालिम प्रदान गरेको होे ।

ADVERTISEMENT

संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको तालिमबाट सहभागीले कम लागतमा विभिन्न सामान उत्पादन गर्ने तरिका, बजारीकरणलगायत जानकारी हासिल गरेको बताइएको छ । हालसम्म संस्थाले विभिन्न शाखा कार्यालयमार्फत् झण्डै तीन हजार सात सय ८५ जना विपन्न महिलालाई निःशुल्क सीपमूलक तालिम प्रदान गरिसकेको जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले सीपमूलक तालिम सम्पूर्ण शाखाबाट सञ्चालन गर्दै सदस्यहरूको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?