दुबईमा मदिरा बिक्रीमा ३० प्रतिशत कर छुट

Read Time = 1 min

दुबई । दुबईले मदिरा बिक्रीमा ३० प्रतिशत कर घटाएको छ । एमएमआई एन्ड अफ्रिका एण्ड इन्स्टर्नकाअनुसार २१ वर्षभन्दा माथिका गैर–मुस्लिमहरूलाई उपलब्ध व्यक्तिगत मदिरा इजाजतपत्र अब निःशुल्क हुनेछ । ‘तपाईंलाई मनपर्ने पेयहरू किन्न सजिलो र सस्तो भयो’, एमएमआईले एक फेसबुक पोष्टमा कटौती विवरणमा भनेको छ ।

यसबारेमा दुबईका अधिकारीबाट तत्काल कुनै प्रतिक्रिया आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुबई युनाइटेड अरब इमिरेट्सको आर्थिक, व्यापार र पर्यटन केन्द्र हो ।

ADVERTISEMENT

यो प्रमुख तेल निर्यातक मुस्लिम देश हो जसले विस्तारै मदिरामा लाग्दै आएका बाधाहरू खुकुलो पारेको छ । छिमेकी साउदी अरेबियाको विपरीत धेरै जसो युएईले रेस्टुरेन्ट, बार र तोकिएका पसलसहित इजाजतपत्र प्राप्त स्थानहरूमा मदिररा बेचेको छ । यद्यपि यसलाई सार्वजनिक रूपमा उपभोग गर्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?