अस्ट्रेलियामा दुई वटा हेलिकोप्टर ठोकिदा चार जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सिड्नी । अस्ट्रेलियाको दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

एउटा हेलिकोप्टर तटबाट केही फिट नजिकैको बालुवमाथि उत्तानो परेको थियो ।

‘दुर्घटनाका कारण चार जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर छन्’ क्विन्सल्यान्डका प्रहरी सेवाका कार्यवहाक निरीक्षक ग्यारी वोरिलले भने ।

ADVERTISEMENT

त्यस्तै दुर्घटनाग्रस्त हेलिकोप्टका पंखाहरु केही टाढा उछिट्टिएका थिए । दुर्घटना लगत्तै घटनास्थलमा उद्दार टोली र प्रहरी परिचालन गरिएको थियो ।

घटनाबारे अस्ट्रेलियाको यातायात सुरक्षा व्युरोले अनुसन्धान सुरु गरेको छ । दुर्घटनालाई व्युरोले मध्य आकाशमा ठोक्काइ’ भनेको छ । यसैबीच, अनुसन्धानकर्ताहरुले दुर्घटनाग्रसत हेलिकोप्टरको भग्नावेशषको जाँच गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?