एनसेलले घटायो पेएजयुगो भ्वाइस कल शुल्क

Read Time = 2 mins

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक प्रतिमिनेट एक रुपैयाँ ६२ पैसा कायम गरेको छ ।

प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट कल गर्दा अर्थात् पेएजयुगोको नयाँ महसुल दर आइतबारदेखि लागू भएको हो । यसअघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा करबाहेक एक रुपैयाँ ९९ पैसा शुल्क रहेको थियो । नयाँ शुल्क लागू भएसँगै एनसेलका ग्राहकले अब नेपालभर जुनसुकै नेटवर्कमा एकै दर करसहित प्रतिमिनेट दुई रुपैयाँ पाँच पैसामै कल गर्न सक्नेछन् । यसअघि करसहित दुई रुपैयाँ ५२ पैसा थियो ।

ADVERTISEMENT

ग्राहकलाई मेन ब्यालेन्सबाट ढुक्कसँग बिना कुनै प्याकेज अन-नेट र अफ-नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदै नयाँ दर कायम गर्न पाएकोमा कम्पनी हर्षित रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?