आज नेपाली टोपी दिवस मनाइँदै (भिडियाे)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । आज अंग्रेजी नयाँ वर्ष सन् २०२३ । आजको दिनमा नेपालमा पनि नयाँवर्षसँगै नेपाली टोपी तथा राष्ट्रिय पोसाक दिवस मनाइँदैछ।

विश्वभर अंग्रेजी नयाँ वर्षको रौनक चलिरहँदा नेपालमा भने यसका साथै राष्ट्रिय टोपी र पोसाकको प्रवर्द्धनका लागि पोसाक र टोपी लगाएर झण्डा फहराउँदै नेपाली पोसाकको पहिचान र परम्पराको जगेर्ना गरेको पाइन्छ।

केही वर्षदेखि नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै स्वतःस्फुर्त रुपमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो। जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ।

विगत केही वर्षदेखि जनवरी १ मा ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदै आएको छ । स्वतःस्फुर्त रूपमा नेपाली युवाहरूले विगत नौ वर्षदेखि अंग्रेजी महिनाको जनवरी १ तारिखको दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएका छन् । नेपाली टोपी नेपालीपनको अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित होस् भन्ने उद्देश्यले यो अभियानको थालनी भएको बताइन्छ ।

ADVERTISEMENT

सामाजिक सञ्जालबाट सुरु उक्त अभियानलाई संस्थागत र थप व्यवस्थित बनाउन जागरूक युवाहरू लागिपरेका छन् । नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरूले आ(आफ्नो धर्म, जाति र संस्कृतिअनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ । आज नेपाली टोपी पहिरिएर नेपालीहरूको अन्तर्राष्ट्रिय पहिचानको रूपमा नेपाली टोपीलाई स्थापित गराउन सहयोग गर्न अपिल गरिएको छ ।

यस वर्षको १०औँ नेपाली टोपी दिवसको नारा ‘नेपाली टोपी, नेपाली पहिचान’ रहेको छ । सदियौँदेखि नेपाली पहिचानको रूपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यु चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोसाकको सूचीबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आइएको छ । ढाकाटोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न सरकारसँग जागरूक युवा अभियान नेपालले माग गरेको छ । ‘नेपाल बहुजातीय र बहुसास्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरू पनि छन् । त्यसैले ती टोपीहरूको संरक्षण र प्रवद्र्धनका ध्यान दिन पनि सरकारसँग माग माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?