विद्यालयलाई एभरेष्टको आर्थिक सहयोग

Read Time = 2 mins

काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिकरूपमा पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रममा सहयोग प्रदान गर्दै आएको छ ।

सोही क्रममा बैंकले धादिङको धुनिबेंशी नगरपालिका ७ खानीखोलास्थित मच्छिन्द्र माध्यमिक विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत् आपूर्ति गर्नका लागि पावर ब्याकअप सिस्टम जडान गर्न दुई लाख २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

ADVERTISEMENT

एक कार्यक्रमबीच एभरेष्ट बैंकका सिएसआर कमिटीका सदस्य तथा नायब महाप्रबन्धक केशवराज पौडेलले विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेखर कार्कीलाई चेक हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोगबाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक गोवद्र्धन गोदार र बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बैंकको धार्के शाखाका प्रबन्धक कुमार शेर्पालगायतको उपस्थिति रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?