पाँच महिनामा निर्जीवन बीमा शुल्क १६ अर्ब

Read Time = 4 mins

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको मंसिरसम्म झण्डै १६ अर्ब अर्थात् १५ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा ३.५७ प्रतिशत बढी कुल बीमा शुल्क आर्जन गरेका हुन् । गत आवको मंसिरसम्म १५ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ आर्जन गरेका थिए । चालु आव २०७९/०८० को पाँच महिनामा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले एक अर्ब ५४ करोड पाँच लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रोमा राष्ट्रिय बीमाले एक अर्ब ३४ करोड ७८ लाख, तेस्रोमा सगरमाथा इन्स्योरेन्सले एक अर्ब २९ करोड रुपैयाँ, चौथोमा नेको इन्स्योरेन्सले एक अर्ब २७ करोड रुपैयाँ र पाँचौंमा सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब १३ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब १० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कुल छवटा कम्पनीले एक अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका हुन् । १२ वटा कम्पनीको कुल बीमा शुल्क आर्जन एक अर्बभन्दा कम रहेको छ । एनएलजी इन्स्योरेन्स ९३ करोड ८० लाख, प्रिमियर इन्स्योरेन्स ९० करोड १३ लाख, सानिमा जिआइसी इन्स्योरेन्स ८३ करोड १२ लाख, लुम्बिनी जनरल इन्स्योरेन्स ७९ करोड ७९ लाख, आइएमई जनरल इन्स्योरेन्स ७५ करोड ४० लाख, अजोड इन्स्योरेन्सले ७४ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

ADVERTISEMENT

नेपाल इन्स्योरेन्स ६६ करोड ४९ लाख, प्रभु इन्स्योरेन्स ६० करोड ४९ लाख, ओरियण्टल इन्स्योरेन्स ५८ करोड ९५ लाख, प्रुडेन्सियल इन्स्योरेन्स ५३ करोड ७१ लाख, युनाइटेड इन्स्योरेन्स ५० करोड ४९ लाख र नेशनल इन्स्योरेन्सले ४१ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

मंसिर महिनामा मात्रै निर्जीवन कम्पनीले दुई अर्ब ६१ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले २० करोडभन्दा बढी, हिमालयन एभरेष्ट, सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सानिमा जिआइसी, आइएमई जनरल, अजोड इन्स्योरेन्स, लुम्बिनी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले १० करोडदेखि १९ करोडसम्म कमाएका नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?