खल्तीको क्यासब्याक अफर

Read Time = 2 mins

काठमाडौं । खल्तीले आइएमई लाइफ इन्स्योरेन्स प्रयोगकर्ताका लागि बीमा प्रिमियम खल्तीमार्फत् भुक्तानी अफर ल्याएको छ । अफरअन्तर्गत प्रयोगकर्ताले प्रिमियम भुक्तानीमा एक हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । यस सुविधामार्फत् आइएमई लाइफ प्रयोगकर्ताले नेपालभर जहाँबाट पनि सजिलै खल्तीबाट प्रिमियम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

आइएमई लाइफको बीमा प्रिमियम खल्ती एपको होमस्क्रिनमा गई ‘इन्स्योरेन्स’ मा ट्याप गरी आइएमई लाइफ इन्स्योरेन्स’ छनोट गरेर मागिएको विवरण भरी भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । तर, प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछिको सात दिनभित्र प्रिमियम तिर्दामात्रै बोनस प्राप्त हुनेछ ।

ADVERTISEMENT

यसका साथै कम्पनीले खल्तीमा लिंक गरिएको बैंक खातामार्फत् भुक्तानी गर्ने कुनै ४५ भाग्यशाली प्रयोगकर्तालाई ३२ इन्च टिभी जित्ने अवसरसमेत प्रदान गरेको छ । आइएमई लाइफको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताले लिंक गरिएको बैंकबाट भुक्तानी गरी अफरमा सहभागी हुन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?