पर्यटन व्यवसायी संघमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी संघको चौथोे साधारणसभाले निराजन तिवारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । संघको उपाध्यक्षमा अच्युत सिग्देल, सचिवमा भागवत सिंखडा, सहसचिवमा अमित वस्ती, कोषाध्यक्षमा भरतप्रसाद तिमिल्सिना तथा सदस्यमा राजु थपलिया, ऋषिराज उपाध्याय, नाती महर्जन र रिदिप श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

ADVERTISEMENT

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्रमा लागिपरेका विभिन्न संस्थाको नाम फरक भए पनि उद्देश्य भने एकै रहेको भन्दै सहकार्यमा जोड दिनुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका इतिहास, संस्कृति तथा पुरातत्व विभागका प्रमुख डा. सोमप्रसाद खतिवडाले पर्यटन व्यवसायी संघसँग मिलेर आफूले नेपालको कला तथा संस्कृति क्षेत्रमा खोजमूलक काम गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?