रारा पोखरा गोल्ड कपको टिकट माइपेबाटै

Read Time = 1 min

काठमाडौं । मोफसलकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्ड कपको टिकट माइपे डिजिटल वालेटबाट अनलाइन किन्न सकिने भएको छ । डिजिटल वालेटबाट टिकट काट्दा १० प्रतिशत क्यासब्याक पाइनेछ ।

२२औँ संस्करणको प्रतियोगिता पुस १४ गतेदेखि २४ गतेसम्म पोखरा रंगशालामा हुँदैछ भने प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । पर्यटकीय नगरी पोखरालाई डिजिटल नगरी बनाउने उद्देश्यअनुरूप चर्चित फुटबल प्रतियोगिताको टिकटलाई डिजिटल बनाएर कार्य शुभारम्भ गरिएको माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले बताउनुभएको छ ।

ADVERTISEMENT

कम्पनीका अनुसार टिकट काट्नेमध्ये हरेक दिन दुईजनालाई शतप्रतिशत क्यासब्याक र सेमिफाइनलको टिकट काट्ने दुईजनालाई फाइनलको टिकट निःशुल्क वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?