नेशनल लाइफ अभिकर्ता टुर

Read Time = 1 min

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताका लागि पुस ७ गतेदेखि ९ गतेसम्म ‘गोसाइकुण्ड हेली टुर’ कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले सञ्चालन गरेको मासिक अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई काठमाडौंको बुढानीलकण्ठबाट हेलिकप्टरमा गोसाइकुण्डको भ्रमण गराएको हो ।

भ्रमणअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्तालाई सफल भ्रमणको शुभकामना दिँदै यस्ता भ्रमणले अभिकर्ताको मनोबल वृद्धि भई कम्पनीको व्यवसायसमेत प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

ADVERTISEMENT

उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट भई भ्रमण कार्यक्रममा सहभागी हुन सफल करिब दुई सयजना अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृतले सम्मान पनि गर्नुभएको थियो । सो अवसरमा अभिकर्ताहरूले कम्पनीले आयोजना गर्ने यसप्रकारको भ्रमणले आफूहरू उत्प्रेरित भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?