नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहकाे निर्देशन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

रवि लामिछानेले गृहमन्त्रीको पदभार ग्रहण गरेको भोलिपल्ट मंगलबार गृहमन्त्रालयको सो निर्देशन आएको हो ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरिएको मन्त्रालयका प्रवक्तासमेत रहनुभएका सहसचिव फणिन्त्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ADVERTISEMENT

कार्यविधिमा बहालवाला तथा पूर्वकर्मचारी तथा सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?