हिमालय टाइम्सले मनायो २७ औँ वार्षिकोत्सव

Read Time = 4 mins

काठमाडौं । हिमालय टाइम्सले आफ्नो २७ औँ वार्षिकोत्सव मनाएको छ । विगत २७ वर्षदेखि निरन्तर अग्रणी मोर्चामा रहेर सूचना, समाचार तथा तत्थ्यपूर्ण विचार र विश्लेषण प्रस्तुत गर्दै आइरहेको यस राष्ट्रिय दैनिकले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रालिद्वारा प्रकाशित यस दैनिकको वार्षिकोत्सव कार्यक्रममा प्रमुख आतिथि पूर्वमन्त्री गणेश साह, महिला सुरक्षा दबाब समूहकी अध्यक्ष कल्याणी शाह, प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै शाहले प्रेस जगतले देशको राजनीतिक पक्षलाई मात्र नभएर सामाजिक, सांस्कृतिक पक्षलाई पनि उत्तिकै महत्व दिनु अपरिहार्य भएको बताउनुभयो । उहाँले पत्रिका पाठकमाझ जाँदा असल नियत तथा निष्पक्षताका साथ प्रस्तुत हुनुपर्ने धारणा राख्नुभयो । समाचार प्रस्तुत गर्दा समाजिक मान्यतालाई पनि ख्याल राख्नुपर्ने उहाँको धारणा थियो ।

ADVERTISEMENT

पत्रिकाका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहालले नेपालको छापा पत्रिकाले अनवरत रूपमा २७औँ वसन्त पूरा गर्नु सानो कुरा नभएको बताउँदै यसका सञ्चालक तथा कार्यकारी निर्देशक उज्ज्वल शर्मा लगायतलाई आभार व्यक्त गर्दै संस्थासँग आबद्ध सम्पूर्ण पूर्व तथा वर्तमान कर्मचारीप्रति शुभकामना तथा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले हिमालय टाइम्सले निरंकुशताविरुद्ध र लोकतान्त्रिक आन्दोलनका पक्षमा सधँै आवाज उठाएको इतिहास भएको बताउँदै अब पनि लोकतन्त्र र प्रजातन्त्रको पक्षमा निगरानी गर्न कत्ति पनि विमुख नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हिमालय टाइम्सका सम्पादक सन्दीप पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा कृष्ण भुसाल, निरज देव, चूडामणि कोइराला, निरज देव, सत्यनाराण श्रेष्ठ, प्रतिक्षा खनाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरूले विगतदेखि वर्तमानसम्म आएका अनेकौँ आरोह-अवरोहबीच पनि पत्रिकाको पाठकमाझ आफ्नो निरन्तर उपस्थिति नै महत्वपूर्ण रहेको बताउँदै आउँदा दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । यसको अंग्रेजी अनलाइन संस्करणको पनि आइतबारदेखि औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।
पत्रिकाले कार्यालयका कर्मचारीबीच रहेर कार्यक्रम मनाएको हो । संस्थाकी अध्यक्ष आभा मिश्रको सभापतित्वमा सम्पन्न कार्यक्रममा निलम शर्मा अतिथिको रूपमा रहनुभएको थियो भने संस्थाका सिइओ सत्यम शर्मा सापकोटाले सबैको साथ सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । समारोहमा पत्रिका, अनलाइन, युट्युब र प्रेससँग आबद्ध सञ्चारकर्मीलगायत कर्मचारीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?