विदुरमा बृहत् स्वास्थ्य सेवा शिविर सम्पन्न

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

नुवाकोट । नुवाकोटको विदुरमा बृहत् स्वास्थ्य सेवा शिविर सम्पन्न भएको छ । महेन्द्र नारायण निधि मेमोरियल अस्पताल काठमाडौं र नुवाकोट विदुर अस्पतालको संयुक्त आयोजनामा बृहत् स्वास्थ्य सेवा शिविर सम्पन्न भएको हो । सो शिविरमा एक सयभन्दा बढी व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको मेमोरियल अस्पतालले जनाएको छ ।

महेन्द्र नारायण निधि मेमोरियल अस्पताल काठमाडौंबाट खटिएका विशेषज्ञ डाक्टरहरूको टिमले शिविरमा उपस्थित व्यक्तिहरूको विभिन्न रोगको जाँच परीक्षण गरिएको थियो । गुणस्तरीय स्वास्थ्य सेवामा आम सर्वसाधारणको पहुँच सहज बनाउने उद्देश्य परिपूर्ति गर्न शिविर सञ्चालन गरिएको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले जनाएको छ ।

ADVERTISEMENT

शिविरमार्फत स्वास्थ्य सञ्चालनबाट स्थानीय बासिन्दा लाभान्वित भएको र आगामी दिनमा पनि निरन्तरको अपेक्षा गरिएको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?