धुलो दूधको मूल्य तोक्न आग्रह

Read Time = 4 mins

काठमाडौं । नेपाल डेरी एसोसिएसनले धुलो दूधको मूल्य तोक्न आग्रह गरेको छ । पोखरामा सम्पन्न एसोसिएसनको दोस्रो केन्द्रीय समितिको बैठकले धुलो दूधको मूल्य तोक्न सरोकारवाला सबैमा अनुरोध गर्ने निर्णय गरेको हो । उत्पादित धूलो दूधको मूल्य नतोकिएका कारण दुग्ध व्यवसायी समस्यामा परेकाले मूल्य तोक्न सम्बन्धित निकायसँग छलफल अघि बढाउने निर्णय गरेको एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहालले जानकारी दिनुभयो ।

साथै बैंकले कोरोना असरका कारण दूध उत्पादनमा कमी आएको भन्दै आयात खुला गर्नुपर्ने माग पनि गरेको छ । हाल नपुग दूध व्यवस्थापनका लागि तत्काल नसोच्ने हो भने आगामीे सिजनमा दूधको धेरै अभाव हुने र उद्योग समस्यामा पर्ने एसोसिएसनको भनाइ छ । हालको उत्पादन र खपतको तथ्यांक संकलन गरी नपुग दूध आयात खुला गर्न सम्बन्धित निकायसँग छलफल गर्ने निर्णय भएको एसोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी दिनुभयो ।

त्यस्तै, बैठकमा राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजीबारेमा सरकारले पठाएको पत्रबारे पनि छलफल भएको छ । बैठकको निर्णयमा भनिएको छ, ‘दुग्ध क्षेत्रको चौतर्फी हितका लागि २०४८ सालमा स्थापना भएको बोर्ड, आज आएर वर्तमान सरकारले बोर्डको औचित्यतामाथि प्रश्न खडा गरिरहेकोप्रति नेपाल डेरी एसोसिएसनको आपत्ति रहेको छ ।’

ADVERTISEMENT

दुग्ध क्षेत्रमा कुनै पनि समस्या पर्दा सरोकारवाला भेला गरी उचित निर्णयसहित समाधान गर्ने, मन्त्रालयमा समन्वय गर्ने, मूल्य विषयमा निर्णयार्थ मन्त्रालयमा सिफरिस गर्ने, न्यून बजेटमा पनि किसान, उद्योगीको हितमा काम गर्ने बोर्डको औचित्यमा प्रश्न उठाउनुभन्दा अन्य अनावश्यक धेरै संघसंस्था हटाउँदा राम्रो हुने भन्दै उक्त निर्णय तुरुन्त फिर्ता गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । विगत दुई वर्षदेखि दूधको मूल्य स्थिर रहेको तर उद्योग सञ्चालनका लागि आवश्यक इन्धनलगायत सबै कुराको बजार भाउ बढेकाले त्यसको प्रत्यक्ष असर दुग्ध क्षेत्रमा पनि पर्ने भन्दै दुग्ध व्यवसायलाई जीवन्त राख्न बजारमा दूधको मूल्य बढाउनुपर्ने एसोसिएसनको माग छ । बैठकले आफ्ना सदस्यलाई बाहृय सीप र ज्ञान आर्जनका लागि विदेश भ्रमणमा पठाएर क्षमता वृद्धिमा सहयोग पु¥याउने निर्णय पनि गरेको छ ।

बैठकका अवसरमा आन्तरिक पर्यटनको प्रवद्र्धनमा सहयोग पुर्‍याउन पोखरा नजिकैको पुम्दिकोटस्थित कालाबाङ होमस्टेमा स्थानीय खानाका परिकारका साथै सांस्कृतिक कार्यक्रमसम्बन्धी जानकारी गराइएको एसोसिएसन गण्डकी प्रदेशका अध्यक्ष शिवहरि आचार्यले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?