मूलाका अनेक फाइदा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । हाम्रो गाउँघर वा शहरमा सजिलै पाइने तरकारी पर्छ मूला । हाम्रो भान्सामा मूलालाई प्राथमिकतामा राख्ने हो भने यसले हाम्रो स्वास्थ्यलाई राम्रो राख्न मद्दत पुर्‍याउँछ । मूलालाई विभिन्न परिकारका रूपमा खाइन्छ । यसलाई सलाद, तरकारी र अचारका रूपमा पनि प्रयोग गरिन्छ ।

मूलाले खानालाई पचाउन पनि मद्दत गर्दछ । साथै मूलाले क्यान्सरको जोखिम घटाउने विश्वास गरिन्छ । मूलामा प्रशस्तमात्रामा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषको डिएनए नष्ट हुनबाट बचाउँछ । साथै, नियमित मूला सेवन गर्दा पेट र आन्द्रामा हुने क्यान्सरको जोखिम कम हुन्छ । यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रित गरी मधुमेहको जोखिम पनि कम गर्छ । यस्तै मूलाको नियमित सेवनले छालामा हुने विभिन्न खाले संक्रमणको जोखिम घटाउनुका साथै अनुहार र छालालाई स्वस्थ राख्न मद्दत गर्छ । मूलाको नियमित सेवनले छालामा हुने विभिन्न खाले संक्रमणको जोखिम घटाउनुका साथै अनुहार र छालालाई स्वस्थ राख्न मद्दत पुर्‍याउने बताइन्छ । मूलामा प्रशस्तमात्रामा पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको आपूर्ति पर्याप्त बनाएर मिर्गाैलाजन्य रोगको जोखिम पनि घटाउँछ ।

मूलामा प्रशस्तमात्रामा पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको आपूर्ति पर्याप्त बनाएर मिर्गाैलाजन्य रोगको जोखिम पनि घटाउँछ । दैनिक मूला खाँदा रुघाखोकी र रुघाखोकीको समस्याबाट बच्न सकिन्छ । मूलाको सेवनले मुटुसम्बन्धी रोगको जोखिम कम गर्छ । शारीरिक क्रियाकलाप नगर्नेहरूले भने मूला खानबाट जोगिनुपर्छ ।

ADVERTISEMENT

यस्तै दैनिक मूला खाँदा रुघाखोकी र रुघाखोकीको समस्याबाट बच्न सकिन्छ । मूलाको सेवनले मुटुसम्बन्धी रोगको जोखिम कम गर्छ । मूला पाचन प्रणालीलाई बलियो बनाउन र पाचन सुधार गर्न लाभदायक हुन्छ । मूलाले ब्लड सुगरको मात्रा पनि धेरै हदसम्म कम गर्छ ।

मूला नियमित खानाले पाइल्स रोग एक महिनामै निको हुने चिकित्सकहरू बताउँछन् । मूलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले निष्काशन हुने दिसालाई मूलायम गर्न सहयोग गर्दछ । यसबाट पाचन प्रक्रिया पनि राम्रो हुन्छ । मूलामा कैयौं यस्ता तत्व पाइन्छन्, जुन पाइल्स भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छन् ।

यदि तपाईंको शरीरमा धेरै दुखाइ छ भने मूला खानुहुँदैन । साथै शारीरिक क्रियाकलाप नगर्नेहरूले पनि मूला खानबाट जोगिनुपर्छ । यस्ता व्यक्तिलाई मूला खाँदा पेट दुख्ने वा ग्याँसको समस्या बढ्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?