सिद्धार्थलाई ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड

Read Time = 1 min

काठमाडौं । सिद्घार्थ बैंक साउथ एसियन फेडरेशन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा प्रदान गरिएको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ । साफाले दक्षिण एसियाली देशबाट प्रस्तुत वार्षिक प्रतिवेदनलाई मूल्यांकन गरी निजी बैंकिङ क्षेत्रको विधामा उक्त अवार्ड प्रदान गरेको हो । ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२१’ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले ग्रहण गर्नुभएको थियो ।

ADVERTISEMENT

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान) बाट ‘उत्कृष्ट वार्षिक प्रतिवेदन २०२१’ अवार्ड प्राप्तिसँगै बैंकलाई आगामी दिनमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?