धनगढीमा गोलि चल्यो, एक जना घाईते

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा गोली चलेको छ । वडा नम्बर ९ शिवरामनगर टोलमा आज विहान २ः४५ मा गोली चलेको हो। स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरहरूले गोली प्रहार गरेको विष्टले बताउनुभयाे ।

गोली लागेर विष्ट सामान्य घाइते हुनुभएकाे छ भने स्थानीयको घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेका छन् । विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूको समूहलाई लखेट्दा अर्को राउन्ड फायर गरेको विष्टले बताउनुभयाे ।

ADVERTISEMENT

तर यो सम्बन्धमा कैलाली प्रहरीसँग बुझ्दा चोरहरू र स्थानीयबीच हात हालाहाल मात्रै भएको बताएको छ । गोली नचलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नावय उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयाे । तर स्थानीयले भने प्रहरीले गोलीका खोकाहरु समेत लिएर गएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?