अब टिमुर र मेन्था खेतीको बीमा

Read Time = 4 mins

काठमाडौं । अब टिमुर र मेन्था खेतीको पनि बीमा हुने भएको छ । नेपाल बीमा प्राधिकरणले ‘टिमुर खेती बीमालेख’ र ‘मेन्था खेती बीमालेख’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । तर, दुवै बीमालेख बीमाशुल्क भुक्तानीपछि मात्रै सुरु हुनेछ । प्राधिकरणका अनुसार टिमुर तथा मेन्था खेती बीमालेख जारी गर्दा घण्टा र मिनेटसम्म खुल्ने गरी समय उल्लेख गर्नुपर्नेछ भने बीमालेख जारी भएको मिति र जोखिम सुरु भएको मिति फरक हुने गरी बीमालेख जारी गर्न पाइने छैन । टिमुर बीमालेखको अवधि एक वर्ष र मेन्था बीमालेखको अवधि चार महिनाको हुनेछ । टिमुर खेतीको बीमा २० वर्ष उमेरसम्मको बोटको गर्न सकिन्छ । एउटै क्षेत्रफलमा लगाइएको टिमुर खेतीको आंशिकरूपमा बीमा गर्न पाइने छैन भने टिमुर खेतीको बीमा लागत र उत्पादनका आधारमा गर्न सकिनेछ ।

बीमालेखअनुसार गरिने टिमुर खेतीको बीमाशुल्क गणना गर्दा लागतका आधारमा तीन प्रतिशत र उत्पादनका आधारमा पाँच प्रतिशत बीमाशुल्क लाग्नेछ । मेन्था खेतीको बीमाशुल्क गणना गर्दा कच्चा पदार्थ उत्पादनका आधारमा चार प्रतिशत र सुगन्धित तेल उत्पादनका आधारमा पाँच प्रतिशत बीमाशुल्क लाग्नेछ । बीमालेख जारीपछि बीमांक रकम परिवर्तन गर्न पाइने छैन भने बीमा अवधिभित्र टिमुर खेती थप गर्नुपरेमा थप खेतीको छुट्टै बीमालेख जारी गर्नुपर्नेछ ।

ADVERTISEMENT

टिमुर खेतीको बीमा बेर्ना रोपेको तीन महिनापछि गर्नुपर्नेछ भने खेती समुन्द्र सतहबाट एक हजारदेखि दुई हजार पाँच सय मिटरसम्म उचाइमा खुकुलो बलौटे माटोमा गर्नुपर्नेछ । बीमालेखले रक्षावरण गरेको जोखिमका कारणबाट टिमुर खेतीको क्षति भएमा क्षति भएको तीन दिनभित्र बीमितले बीमकलाई जानकारी गराउनुपर्नेछ भने बीमा गरिएको टिमुर खेतीमा ८० प्रतिशतभन्दा बढी क्षति भएमा पूर्ण क्षति (टोटल लस) अनुसार दाबी भुक्तानी गरिनेछ ।

त्यस्तै, बीमालेखअन्तर्गत किसानको दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको सुविधासमेत रहेको छ । आत्महत्या बाहेक अन्य कुनै पनि दुर्घटनाका कारण किसानको मृत्यु भएमा, स्पाइनल इन्जुरीका कारण पुनः ठीक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, एक हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने भएमा, कुनै एउटा खुट्टाको गोलीगाँठोदेखि माथि पूरै खुट्टा काम नलाग्ने भएमा र दुवै आँखाको दृष्टि गुमेमा कम्पनीले बीमितलाई भुक्तानी गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?