ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसमा नगर प्रहरी बलको फोटो प्रदर्शनी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

ललितपुर । ललितपुर महानगरपालिका नगर प्रहरी बलले महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा फोटो प्रदर्शनी गरेको छ । शुक्रबार मंगलबजारस्थित कृष्णमन्दिर परिसरमा मेयर चिरिबाबु महर्जनको उपस्थितिमा वृत्तचित्र प्रदर्शनी गरिएको हो । कार्यक्रममा उपमेयर मञ्जली शाक्य, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल लगायतको सहभागिता थियो ।
कार्यक्रम नगरप्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा भएको हो । कार्यक्रममा बोल्दै मेयर चिरीबाबुले नगर प्रमुख हाछेथुको कामको प्रशंशा गर्नुभयो । मेयर चिरीबाबुले ललितपुर महानगरपालिकालाई स्थानीय पालिकाको जेठो पालिकाको रुपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा चित्रले हजारौं शब्द बोलेको हुन्छ अथार्त दशौँ लाख शब्द बोल्नुपर्ने कुराहरूलाई एउटा चित्रले बताएको हन्छ ।’ कार्यक्रममा नगर प्रमुख हाछेथुले फोटोहरूको व्याख्या र विश्लेषण गर्नुभएको थियो ।
ललितपुर महानगरपालिकालाई व्यवस्थित शहर बनाउन नगर प्रहरी बलले खेलेको भूमिकाको सम्बन्धमा वृत्तचित्र प्रर्दशनी गरिएको हो । ललितपुरको महारानी हिटी परिसरमा दुई दिनसम्म चल्ने प्रदर्शनीमा ललितपुर महानगरपालिका भित्र नगर प्रहरीले पहिले र अहिले गरेका कामका तस्बिर राखिएको छ । प्रदर्शनीमा १२३ वटा फोटोहरू राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?