ज्येष्ठ सदस्यले यसरी खुवाउँछन् सांसदलाई शपथ, यस्तो छ शपथको बेहोरा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ गराउने तयारी हुँदै छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइसकेको छ ।

साथै आयोगले बुधबार पत्रकार सम्मेलन गरेर पनि सार्वजनिक गरेको छ । चुनावको नतिजा सार्वजनिक भएको ३० दिनभित्र संसद बैठक आह्वान गर्नुपर्ने कानुनी व्यवस्था छ  ।

संविधानको धारा ९३ को उपधारा (१) मा उल्लेख गरिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आव्हान गर्नेछ । त्यसपछि यस संविधानबमोजिम राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्नेछ । तर, एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुने छैन ।’

संसद बैठकमा सहभागी हुनुअघि नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिनुपर्ने हुन्छ । संविधानको धारा ८८ मा उल्लेख छ, ‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनु पर्नेछ।’

निर्वाचित भएर आएका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट सपथ लिएपछि उसले अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने कानुनी व्यवस्था छ ।

ADVERTISEMENT

यस्तो छ शपथको बेहोरा

म..........मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु/ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै प्रतिनिधि सभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नम्नानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी ईमान्दारीका साथ गर्नेछु ।

मिति :
दस्तखत :
नाम, थर :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?