सानिमा र युएसएडबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । सानिमा बैंक र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस एक्टिभिटी सहकार्यका लागि सम्झौता भएको छ । दुवै संस्थाबीच विभिन्न बजार प्रतिनिधिहरूको विकास र बजारमाथिको पहुँचलाई सक्षम बनाउन बृहत् तथा दिगो कार्यक्रमलाई गति दिने लक्ष्यका साथ सम्झौता भएको हो । दुवै संस्थाबीचको सहकार्य नेपालभित्र र बाहिरका आर्थिक गतिविधिमार्फत् विभिन्न अवसर सिर्जना गरी लक्षित बजार वर्गको क्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।

पाँच वर्ष अवधिको उक्त कार्यक्रमले नेपालको अर्थ प्रणालीमा रहेका सार्वजनिक तथा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यले उच्च गुणस्तर तथा निर्यातोन्मुख गराई रोजगारीका अवसर सिर्जना गर्ने, आय वृद्धि गर्ने, संस्थागत तथा क्षेत्रगत तहमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने जस्ता लक्ष्य लिएको छ ।

ADVERTISEMENT

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले सहकार्यले सानिमा बैंकलाई दिगो प्रकृतिका वित्तीय उपकरण र सेवामा पहुँच बढाउन मद्दत गरी लघु, साना तथा मझौला व्यवसायमा सुदृढ सेवा प्रदान गर्ने बैंकको प्रयास अझ बलियो पार्न सक्षम बनाउने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?