एसबिआई बैंकको शाखा बुढानीलकण्ठमा

Read Time = 1 min

काठमाडौं । नेपाल एसबिआई बैंकले बुढानीलकण्ठमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सलले गर्नुभएको हो ।

सो अवसरमा बैंकका निर्देशक पिनाकीनाथ बनर्जी, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, एसबिआई बैंकका उपमहाप्रबन्धक प्रियरञ्जन, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादवेंन्द्र कान्त, नयाँ व्यवसाय प्रवद्र्धन सल्लाहकार छविराज पन्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याललगायतको उपस्थिति रहेको बैंकले जनाएको छ ।

ADVERTISEMENT

बैंकले ९१ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै १३० एटिएममार्फत् सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?