नेपालगञ्जमा एओजी राइड

Read Time = 2 mins

काठमाडौं । नेपालस्थित टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले शनिबार नेपालगञ्जदेखि मेरो प्लानेटसम्म अपाचे ओनरस ग्रुप (एओजी) राइड आयोजना गरेको छ । ३७ राइडरको सहभागिता रहेको कार्यक्रममा अपाचे राइडरहरू यात्राका क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिमा संलग्न भएका थिए भने मेरो प्लानेट पुगेर कार्यक्रमको अवलोकन गर्दै कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरेर टिभिएसको प्रशंसासमेत गरेका थिए ।

टिभिएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणीलगायत देशका विभिन्न स्थानमा एओजी राइड आयोजना गरेको छ । राइड अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

राइडका एक सहभागी भन्नुहुन्छ, ‘नेपालगञ्जमा यस्तो राइडको आयोजना धेरै थोरै मात्र हुन्छ । जगदम्बा मोटर्सलाई नेपालगञ्जमा बाइकरको समुदाय बनाएर हामीलाई बाइकिङ प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चाहन्छौँ ।’ सचिन थापाले एओजी कार्यक्रमको सम्पूर्ण जिम्मेवारी लिनुभएको थियो ।

कम्पनीका अनुसार एओजी अपाचे बाइक भएका राइडरको समुदाय हो, जुन मोटरसाइकलप्रति उनीहरूको प्रेम, जोश, र लगाव बाँड्ने एउटा साझा प्लेटफर्म हो । कम्पनीका नेपालभर एक सय ४० भन्दा बढी डिलरको राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?