चोलेन्द्रलाई छेक्न बारका वकिल सर्वोच्च गेटमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई सर्वोच्च छिर्न नदिन बारका कानुन व्यवसायीहरू गेटमा बसेका छन् । राणालाई प्रवेश नदिने नेपाल बार एशोसिएशनको निर्णयसँगै बार वकिलहरू अवरोधका लागि गेटमा पुगेका हुन् ।

संसद सचिवालयका महासचिवले महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात राणा सर्वोच्च आउने तयारीमा हुनुहुन्छ यसलगत्तै बारको बैठक बसेको थियो ।
महाभियोग निष्क्रिय पार्ने निर्णय गैरकानुनी भएको बारको निष्कर्ष समेत निकालेको छ । सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप भएको उसको जिकिर छ ।

ADVERTISEMENT

सर्वोच्च परिसरमा अहिले वकिलहरुको बाक्लो उपस्थिति हुन थालेको छ ।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत वर्षको फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?