शिक्षा प्रणाली सुधारका लागि एडिबीको साढे २६ अर्ब

Read Time = 3 mins

काठमाडौं । एशियन डेभलपमेन्ट बैंक (एडिबी) ले नेपालमा शिक्षाको पहुँच बढाउन र शैक्षिक प्रणाली सुदृढीकरण लागि २० करोड डलर अर्थात् करिब साढे २६ अर्ब ऋण सहुलियत दरमा उपलब्ध गराउने भएको छ । माध्यमिक तथा निम्नमाध्यमिक विद्यालयमा अध्ययन, अध्यापन सुविधा विस्तार गर्ने काममा खर्च गर्ने गरी ऋण उपलब्ध गराउने भएको छ ।

त्यसैगरी कोरोनाका कारण अध्ययन तथा अध्यापन क्रियाकलापमा आएका समस्या समाधान गर्न पनि सहयोग रकम उपयोग गर्न सकिने बताइएको छ । ऋण सहयोगले समतामूलक शिक्षाको पहुँच बढाउने र नेपालको शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने एडिबीका सामाजिक विज्ञ प्रमुख रुडी भ्यान डेलले बताउनुभएको छ ।

ADVERTISEMENT

परियोजनाअन्तर्गत सूचीकृत माध्यमिक स्कुलका छात्राले ११ र १२ कक्षामा विज्ञान संकायको अध्ययनका लागि छात्रवृत्ति पनि पाउनेछन् भने कोरोनाका कारण शिक्षा प्रणालीमा पुगेको हानीलाई न्यूनीकरण गर्न सामुदायिक तथा नागरिक समाजका संस्थासँग मिलेर शैक्षिक पुनरुत्थान र द्रुत सिकाइ कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयलाई भविष्यमा हुने सिकाइ अवरोधविरुद्ध तयार पार्न सिकाइ चौतारी अनलाइन लर्निङ पोर्टलमार्फत् पहुँचयोग्य शिक्षा विस्तार गर्ने दक्षिण एशियाका लागि एडिबीकी शिक्षा परियोजना अधिकृत स्मिता ज्ञवालीले बताउनुभएको छ ।

एडिबीले ऋण सहयोगका साथै प्राविधिक सहायता विशेष कोषबाट थप १० लाख डलर प्राविधिक सहायता अनुदान उपलब्ध गराउने भएको छ भने नर्वेले विद्यालयको क्षमता अभिवृद्धि तथा व्यवस्थापन सुदृढीकरणका लागि छ लाख डलर बराबरको सहयोग प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?