सानिमाको शैक्षिक कर्जा प्रमाणीकरण क्युआरबाटै

Read Time = 1 min

काठमाडौं । सानिमा बैंकले नेपालमै पहिलोपटक क्युआर कोड समाहित शैक्षिक कर्जा स्वीकृतिपत्र प्रयोगमा ल्याएको छ । विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायमा गर्नुपर्ने हुन्छ । उक्त प्रक्रिया सरल र छिटो गर्ने उद्देश्यले बैंकले क्युआर कोडसहितको कर्जा स्वीकृतिपत्र बैंकले ल्याएको जनाएको छ ।

ADVERTISEMENT

हाल कर्जा स्वीकृतिपत्रको प्रमाणीकरण विभिन्न निकायबाट पटक-पटक फोन वा इमेलमार्फत् हुँदै आएकोमा अब कर्जा स्वीकृतिपत्रमा उल्लेखित क्युआर कोड स्क्यान गरी बैंकको आधिकारिक वेबसाइटमार्फत् विश्वको कुनै पनि स्थानबाट केही क्षणमा नै कर्जा प्रमाणित गर्न सकिने बैंकले जनाएको छ । बैंकले अधिकतम एक करोडसम्म आकर्षक ब्याजदरमा १५ वर्षसम्मको कर्जा प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?