काबुलस्थित पाकिस्तानी दूतावासमा हमलाः सशस्त्र समूह आइएसआईएसले लियो जिम्मा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काबुल । सशस्त्र विद्रोही समूह आइएसआईएसले शनिबार काबुलमा रहेको पाकिस्तानी दूतावासमा भएको आक्रमणको जिम्मा लिएको छ, । सो हमलालाई इस्लामाबादले ‘हत्याको प्रयास’ भनेको छ ।

अफगानिस्तानको राजधानीमा शुक्रबार भएको आक्रमणमा एक सुरक्षा गार्ड घाइते भएका थिए । जिहादी मनिटर एसआइटीईद्वारा उद्धृत एक विज्ञप्तिमा इस्लामिक स्टेटको क्षेत्रीय शाखाले ‘धर्मत्यागी पाकिस्तानी राजदूत र उनका गार्डहरूमाथि आक्रमण गरेको’ बताएको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले यसलाई मिसनका प्रमुखमाथि ‘हत्याको प्रयास’ भन्दै छानबिनको माग गरेका छन् ।

ADVERTISEMENT

काबुल प्रहरीका प्रवक्ताले सुरक्षा बलहरूले नजिकैको भवनमा आक्रमण गरेपछि एकजना संदिग्धलाई पक्राउ गरिएको र दुईवटा हल्का हतियार बरामद गरिएको बताए।

पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारलाई आधिकारिक रूपमा मान्यता दिएको छैन, तर गत वर्ष अगस्टमा कट्टरपन्थी इस्लामवादीहरूले सत्तापलट गरेपछि पनि उसले आफ्नो दूतावास खुला राखेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?