एजेन्सी/ विश्वकै सबैभन्दा महंगो शहर न्यूयोर्क र सिंगापुर बनेका छन् । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको सर्भे रिपोर्टले यी दुवै शहरलाई संयुक्त रूपमा विश्वकै महंगो शहरको सूचीमा राखेको हो । गत वर्ष इजरायलको तेल अभिभ विश्वकै महँगो शहरको पहिलो नम्बरमा थियो । यो वर्ष तेल अभिभ तेस्रो नम्बरमा परेको छ । यस्तै, सिरियाको दमस्कस शहर यो सूचीको अन्तिममा छ ।
१७३ शहरमा अमेरिकी डलरलाई आधार बनाएर हरेक वर्ष यो सर्भे हुनेगर्छ । यसपटक विश्वका ठूला शहरहरूमा अधिकतम ‘कष्ट अफ लिभिङ’ ८.१ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ । यस्तै तेस्रोमा हङकङमा चौथोमा लस एन्जेलस, पाँचौंमा जुरिच, छैटौमा जेनेभा, सातौमा सान फ्रान्सिसको, आठौंमा पेरिस, नवौमा सिड्नी र दशौंमा कोपेन्हेगन रहन गएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच