धनगढी तनावग्रस्त : एकदर्जन बढी हवाई फायर, दर्जनौं विद्यार्थी पक्राउ

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले दर्जनौ राउन्ड हवाई फायर गरेको छ। हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन्।

ग्रेडरले किचेर आफ्ना सहपाठीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भएका हुन् । बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।

ADVERTISEMENT

घटनाले बृहत रूप लिएपछि बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञाबीचमै अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनमा सहभागी दर्जनौं विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

विद्यार्थीले घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन्। अहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा छलफल चलिरहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?