१२ औँ वार्षिकोत्सवमा सिभिलका १२ कार्यक्रम

Read Time = 3 mins

काठमाडौं । सिभिल बैंकले देशभर विभिन्न एक दर्जन कार्यक्रम आयोजना गरी १२औँ वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीतिअनुरूप सिभिल बैंकले सफा टेम्पोको भाडा क्युआर कोडमार्फत् भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता दिएको छ । जसमध्ये जावलाखेलको ‘गो क्यासलेस’ अभियानको उद्घाटन पनि बैंकले वार्षिकोत्सवकै दिन गरेको छ ।

वार्षिकोत्सवपछि नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कुल छ स्थानका ट्याम्पोमा क्युआर कोडमार्फत् भाडा भुक्तानीको थालनी गरिने बैंकले जनाएको छ । ‘गो क्यासलेस’ उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र नगदरहित कारोबारले सिंगो राष्ट्रलाई समृद्धिको पथमा डो¥याउने बताउनुभयो ।

नोट छपाइ गर्दा खर्च हुने तथा विदेशिने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियानको विकल्प नभएको नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले बताउनुभयो ।

सो अवसरमा सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे, सञ्चालकहरू अम्बीर बोगटी, प्रकाश तायल, युगेशबहादुर मल्ल, शम्भुप्रसाद पन्त, प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल, विभिन्न ट्याम्पो यातायात व्यवसायी संघका प्रतिनिधि, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटालगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

वार्षिकोत्सवका अवसरमा बैंकले जावलाखेल शाखामा प्रायोरिटी बैंकिङ सेवा उद्घाटन, यांवरक शाखामा एटिएम सेवा, देशभरिका ३६ स्थानमा रक्तदान, जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रम र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

त्यसैगरी कार्तिक नाँच, नेपाल बाल संगठन, निःसहाय सहयोग परिषद्, राष्ट्रिय आविष्कार केन्द्र, अपांगता संरक्षण नेपाललाई आर्थिक तथा बेगनाश तालमा लाइफ ज्याकेट हस्तान्तरण गरेको जनाएको छ ।

९५.२३ अर्ब निक्षेप संकलन गरी करिब ८७.४० अर्ब ऋण लगानी गरेको बैंक चालु आवको प्रथम त्रैमाससम्ममा ४१.५१ करोड खुद मुनाफा कमाउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?