मन्त्री चौधरी ५ हजार बढी मतले पछिरहेको बारा- १ को मतगणना स्थलमा विवाद

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

बारा । बारा क्षेत्र न १ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको छ । मतगणना स्थलमा विवाद हुँदा रोकिएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री समेत रहनुभभएका उमेदवार उमाकान्त चौधरी एमाले नेता अच्युत प्रसाद मैनालीसँग ५ हजार बढी मतले पछि परेपछि कांग्रेसका मतगणना प्रतिनिधिले दिउँसो ४ बजेबाट विवाद सुरु गरेपछि मतगणना रोकिएको हो ।

यता एमाले भने मतगणना सुचारू गर्न सबैलाई आग्रह गर्दै मतगणना विथोल्न खोज्ने घेरावार तोडफोड गर्नलाई तत्काल खोजिगरी कारबाही हुनुपर्ने माग गरेको एमाले नेता भरत बहादुर भण्डारीले बताउनु भयो । उहाँले सत्ता र शक्तिको दुरुपयोग गर्ने अधिकार कोहि कसैलाई नभएको र तत्काल मतगणना सुचारू गराउन आग्रह गर्दा समेत सुरु नभएको बताउनु भयो ।

यसअघि बसेको सर्वदलीय निर्णय अनुसार दुई वा सो भन्दा बढी पालिकाको मत मिसाएर मतगणना गर्ने सहमति भएता पनि अहिले उनिहरुले सम्बन्धित पालिकाको वडा वडाको छुट्टै गणना गर्नुपर्ने भन्दै विवाद गरेका हुन् ।

ADVERTISEMENT

यता नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिको माग अनुसारनै मतगणना गर्न तयार हुँदासमेत प्रतिनिधि उपस्थित नहुँदा मतगणना रोकिएको निर्वाचन अधिकृत कैलास केसीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको मतगणना रोकिएपनि प्रदेशसभाको मतगणना भने जारी छ ।

-इन्दिप कोइराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?