मीको ७५ इन्चको टिभी जित्ने गोल्डेन अवसर

Read Time = 2 mins

काठमाडौं । स्मार्टफोन र टिभी कम्पनी शाओमीले वल्र्डकप २०२२ लाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले मी अथवा रेड्मी टिभी खरिदमा ७५ इन्चको मी क्यु एलइडी टिभी जित्ने गोल्डेन अवसर प्राप्त गर्न सक्नेछन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले भन्नुभयो, ‘फिफा वल्र्डकप समस्त फुटबलप्रेमीका लागि एकदमै प्रतिक्षित समय हो । वल्र्डकप हेर्नकै लागि नयाँँ टिभी किन्ने समय कुरेर बस्ने ग्राहक धेरै हुन्छन् ।

ADVERTISEMENT

यही कुरा मध्यनजर गरेर हामीले हाम्रा मी ग्राहकका लागि गोल्डेन अफर ल्याएका छौँ । उहाँँहरूको मी अथवा रेड्मी टिभी खरिद गर्ने गोल्डेन रहरलाई अझै रोमाञ्चक बनाउन पाउँदा हामी पनि धेरै उत्साहित छौँ ।’ अफरअन्तर्गत कुनै पनि मी अथवा रेड्मी टिभी खरिद गर्दा एक भाग्यशालीले दुई लाख ९९ हजार नौ सय ९९ रुपैयाँ बराबरको ७५ इन्चको मी क्युएलइडी टिभी जित्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, अन्य ग्राहकले दैनिकरूपम ४५ हजार नौ सय ९९ रुपैयाँ बराबरको एयर प्युरिफायर ३, स्मार्ट एयर फ्रायर, एयर कम्प्रेसर, बियर्ड ट्रिमर र इलेक्ट्रिक टुथब्रस पनि जित्न सक्नेछन् । लक्की ड्रमा सहभागी हुन टिभीमा भएको कोड स्क्यान गर्नुपर्ने हुन्छ अथवा टिभीको सिरियल नम्बर ३१००७ मा पनि एसएमएस् गर्नुपर्ने हुन्छ । अफर पुस ३ गतेसम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?