मलेसियामा त्रिशंकु संसद

Read Time = 2 mins

क्वालालम्पुर । मलेसियामा समपन्न आमनिवार्चनपछि त्रिशंकु संसद बन्ने भएको छ । विपक्षी नेता अनवर इब्राहिमले सबैभन्दा बढी सिट जित्नुभएको छ । तर, उहाँको पाकातान हारापान गठबन्धन स्पष्ट बहुमत ल्याउन भने असफल भएको छ । त्यसैगरी, इस्माइल सावरी याकोवद्वारा नेतृत्व गरिएको सत्तारूढ गठबन्धनले अहिलेसम्मकै सबैभन्दा खराब चुनावी पराजय भोगेको छ । यसले आफूले लडेको १७८ सिटमध्ये केवल ३० सिट जितेको छ ।

महाथिर मोहमद पनि पराजित हुनुभएको छ । ५३ वर्षको इतिहासमा उहाँ पहिलोचोटि चुनावमा पराजित हुनुभएको हो । दशकौँदेखि मलेसियाली राजनीतिमा ९७ वर्षीय महाथिरको वर्चश्व रहँदै आएको थियो । उहाँ पहिलोचोटि सन् १९८१ देखि २००३ सम्म प्रधानमन्त्री बन्नुभएको थियो । उहाँलाई असीको दशकमा भएको मुलुकको तीव्र आर्थिक रूपान्तरणका लागि श्रेय दिइने गरिएको छ ।

ADVERTISEMENT

अहिले मलेसियामा राजनीतिक अस्थिरता देखिएको छ । सन् २०१८ मा आमचुनाव भएयता मुलुकले तीनजना प्रधानमन्त्री पाइसकेको छ । यसपालिको चुनावमा पूर्वसत्तारूढ पार्टी युएमएनओले पनि नराम्ररी हारेको छ । मतदाताहरू पेरिकातान नासिओनल र कन्जरभेटिभ इस्लामिक पार्टी पीएएसतर्फ आकर्षित भएका छन् । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?