जीवन बीमा कम्पनीको लगानी पाँच खर्ब

Read Time = 4 mins

काठमाडौं । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा झण्डै पाँच खर्ब रुपैयाँ लगानी गरेका छन् । चालु आवको पहिलो त्रैमासमा कम्पनीहरूले चार खर्ब ९७ अर्ब ७२ करोड २७ लाख रुपैयाँ लगानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । १९ जीवन बीमा कम्पनीहरूले गरेको उक्त लगानी गत वर्षको सोही अवधिको तुलनामा २७.९७ प्रतिशतले बढी हो । गत आवको पहिलो तीन महिनामा जम्मा तीन खर्ब ८८ अर्ब ९५ करोड १८ लाख रुपैयाँ लगानी गरेका थिए ।

नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक एक खर्ब ४९ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको छ भने दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)ले ७८ अर्ब ५२ करोड, तेस्रोमा नेसनल लाइफ इन्स्योरेन्सले ४९ अर्ब १८ करोड २७ लाख, राष्ट्रिय बीमा संस्थानले ४१ अर्ब ७० करोड, नेसनल लाइफले ३१ अर्ब ५२ करोड, मेट लाइफले २४ अर्ब ४४ करोड रुपैयाँ लगानी गरेका छन् ।

चालु आवको पहिलो त्रैमासमा कम्पनीहरूले चार खर्ब ९७ अर्ब ७२ करोड २७ लाख रुपैयाँ लगानी गरेको प्राधिकरणले जनाएको छ ।

ADVERTISEMENT

त्यस्तै, प्राइम लाइफले १९ अर्ब ९३ करोड, युनियन लाइफले १३ अर्ब ३८ करोड, गुराँस लाइफले ११ अर्ब ८३ करोड, सिटिजन लाइफले नौ अर्ब ८७ करोड, ज्योति लाइफले नौ अर्ब ५७ करोड, रिलायबल लाइफले आठ अर्ब ८० करोड, आइएमई लाइफले छ अर्ब ३५ करोड, रिलायन्स लाइफले छ अर्ब २६ करोड, सन नेपाल लाइफले छ अर्ब १४ करोड, प्रभु लाइफले पाँच अर्ब ७१ करोड, सानिमा लाइफले पाँच अर्ब ६० करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले चार अर्ब ४४ करोड रुपैयाँ लगानी गरेको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार जीवन बीमा कम्पनीले अत्यधिक लगानी निक्षेपमा नै गरेका छन् । कुल लगानीको ७७.२० प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको छ । कुल लगानीमध्ये ६७.३९ प्रतिशतले हुन आउने तीन खर्ब ३५ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गरेका छन् भने विकास बैंकको मुद्दती निक्षेपमा ४३ अर्ब १२ करोड रुपैयाँ लगानी गरेका छन् । त्यसैगरी फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा पाँच अर्ब ४७ करोड र नेपाल पूर्वाधार विकास बैंकको निक्षेपमा २५ करोड लगानी गरेका छन् भने कृषि तथा पर्यटन क्षेत्रमा सात अर्ब १९ करोड २५ लाख र घरजग्गामा ३६ करोड २४ लाख रुपैयाँ लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?