यो निर्वाचनले मुलुकलाई स्थायीत्वतर्फ लैजान्छ: एमाले उपाध्यक्ष पौडेल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रुपन्देही । एमाले उपाध्यक्ष विष्णु पौडेलले अहिलेको निर्वाचनले मुलुकलाई स्थायीत्वतर्फ लैजाने दाबीगर्नु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित पश्चिमाञ्चल सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट मतदान गरेपछि पौडेलले यो निर्वाचनले मुलुकलाई समृद्धितर्फ लैजाने बताउनु भयो।

सञ्चारकर्मीहरुसँग छोटो प्रतिक्रियाजनाउँदै पौडेलले भन्नुभयाे-‘विगतकातीता मिठा कुराहरुलाई बिर्साउँदै मुलुकलाई समृद्धितर्फको बाटोमा लैजान यो निर्वाचनले सघाउछ ।’

ADVERTISEMENT

रुपन्देही क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनको उम्मेदवार नहुँदा गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई सघाएको छ । यो मतदान केन्द्रमा ५ हजार ६०० मतदाता रहेका मतदानअधिकृत रामप्रसाद ज्ञवालीले जानकारी दिनुभयाे । रुपन्देही २ मा पौडेल र थापा बीच मुख्य प्रतिष्पर्धा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?