गोरखा – २ मा १४६ मतदान केन्द्र, मतदाता कति ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । गोरखा क्षेत्र नम्बर १४६ मतदान केन्द्र रहेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।  ९३ वटा मतदान स्थल रहेको सो क्षेत्रमा कूल १ लाख ५ हजार २४० मतदाता छन् ।

जसमध्ये ५२ हजार ९९ पुरुष र  ५२ हजार ८४१ जना महिला मतदाता रहेका छन् । यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट १० जना र २ जना स्वतन्त्र उम्मेदवार छन् ।

ADVERTISEMENT

महिला र दलित समुदायका उम्मेदवारको संख्या शून्य रहेको आयोगको तथ्यांकमा उल्लेख छ । यस क्षेत्रमा ६६‍.६७ प्रतिशत खस आर्य समुदायका उम्मेदवार छन् भने ८.३३ प्रतिशत मुस्लिम र २५ प्रतिशत आदिवासी जनजाति उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ हट सिट मानिएको गोरखा २ लाई चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?