पर्वत जिप दुर्घटना अपडेट : १ जनाको मृत्यु, १३ जना घाइते

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-ध्रुवसागर शर्मा 
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीदेखि वडा नम्बर २ माझफाँटको रातढुङ्गा जाँदै गरेको ग १ ज ५२९६ नम्बरको बोलेरो जीप बुधबार (आज) साँझ दुर्घटना हुँदा १ जनाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा परी १३ जना घाइते भएका छन् । घाइेतलाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ । तीन जना गम्भिर घाइेतहरुलाई थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ ।

ग १ ज ५२९६ नम्बरको बोलेरो जीप भुर्तुलाको भीर स्थित सडक देखि एकसय पचास मिटर तल खसेर दुर्घटना भएको मिलनचोक प्रहरी चौकीका हवल्दार धनशिंह कुँबरले जानकारी दिए । उकालो र साघुरो सडक भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
दुर्घटनाको खबर पाउनसाथ स्थानीयवासी र प्रहरीको टोलीले घाइतेहरुलाई उपचारका लागि बेनी अस्पतामा ल्याइएको थियो । उपचारका क्रममा माझफाँट स्थायी ठेगना भएका चालक ३० वर्षीय डम्बरबहादुर नेपालीको मृत्यु भएको बेनी अस्पतालले जनाएको छ ।

ADVERTISEMENT

घाइेत हुनेहरुमा जलजला २ की १५ वर्षीय आशिस नेपाली, वर्ष ३० को सुमन नेपाली,उमेर नखुलेकी सजना परियार, वर्ष १५ को सपना परियार,२० को प्रियङ्का बोहोरा,वर्ष ४० को माया दमाई, १३ को यसोदा परियार,२३ को रोजन सिंह रत्न,१६ को नविन बर्देवा,१२ को सन्देश रत्न र वर्ष १४ को अजित नेपाली,१४ सज्जन परियार,१६ बिनिता परियार रहेका छन् ।

तीन जना गम्भिर घाइते आशिस परियार,सुमन नेपाली र सजना परियारलाई थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ । अन्यको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?