तीन महिनामा जीवन बीमाको लगानी पाँच खर्ब

Read Time = 5 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को तीन महिना अर्थात् कात्तिकसम्म १९ जीवन बीमा कम्पनीले झण्डै पाँच खर्ब बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीले चार खर्ब ९७ अर्ब ७२ करोड २७ लाख रुपैयाँ लगानी गरेका हुन् । जीवन बीमा कम्पनीले उक्त रकम बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, ऋणपत्र, मुद्दती निक्षेप, म्युचुअल फण्ड र नागरिक लगानी कोेषलगायतमा लगानी गरेको बताइएको छ । सो अवधिमा सर्वाधिक लगानी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सले एक खर्ब ४९ अर्ब ५० करोड लगानी गरेको छ भने दोस्रोमा लाइफ इन्स्योरेन्सले ७८ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ ।

राष्ट्रिय बीमा संस्थानले ४१ अर्ब ७० करोड ६० लाख, नेसनल लाइफ इन्स्योरेन्सले ४९ अर्ब १८ करोड २७ लाख, मेट लाइफ इन्स्योरेन्सले २४ अर्ब ४४ करोड ७२ लाख, एसियन लाइफ इन्स्योरेन्सले ३१ अर्ब ५२ करोड ३८ लाख, सूर्या लाइफ इन्स्योरेन्सले १४ अर्ब ८९ करोड २ लाख, गुराँस लाइफ इन्स्योरेन्सले ११ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सले १९ अर्ब ९३ करोड ६१ लाख, आइएमई लाइफ इन्स्योरेन्सले छ अर्ब ३५ करोड ५३ लाख, युनियन लाइफ इन्स्योरेन्सले १३ अर्ब ३८ करोड २१ लाख, ज्योति लाइफ इन्स्योरेन्सले नौ अर्ब ५७ करोड ६८ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सले छ अर्ब १४ करोड ३९ लाख र रिलायन्स लाइफ इन्स्योरेन्सले छ अर्ब २६ करोड ५२ लाख रुपैयाँ लगानी गरेको प्राधिकरणले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । रिलायबल लाइफ इन्स्योरेन्सले आठ अर्ब ८० करोड २८ लाख, सिटिजन लाइफ इन्स्योरेन्सले नौ अर्ब ८७ करोड ३६ लाख, सानिमा लाइफ इन्स्योरेन्सले पाँच अर्ब ६० कोड ४२ लाख, प्रभु लाइफ इन्स्योरेन्सले पाँच अर्ब ७१ करोड ४६ लाख र महालक्ष्मी लाइफ इन्स्योरेन्सले चार अर्ब ४४ करोड ९२ लाख रुपैयाँ लगानी गरेका छन् ।

ADVERTISEMENT

हाल सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीले २७ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीले २७ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ लगानी गरेका हुन् । नेपाल पुनर्बीमा कम्पनीले २० अर्ब एक करोड चार लाख र हिमालयन रि इन्स्योरेन्सले सात अर्ब ७६ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले नेपाल सरकारको बचतपत्रमा ३० करोड, ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा १४ अर्ब ८१ करोड १२ लाख र सूचीकृत पब्लिक कम्पनीकोे सेयरमा नौ करोड ४७ लाख, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर ऋणपत्रमा एक अर्ब ७३ करोड ९७ लाख, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा नौ करोड ५१ लाख रुपैयाँ, ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थामा एक अर्ब ९६ करोड ३१ लाख रुपैयाँ र अन्य क्षेत्रमा एक अर्ब ६३ लाख रुपैयाँ लगानी गरेको छ ।

हिमालयन रि इन्स्योरेन्सले ‘क’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा सात अर्ब नौ करोड, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर ऋणपत्रमा ६३ करोड ४० लाख, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा चार करोड रुपैयाँ लगानी गरेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?