मंसिरमा निक्षेपको ब्याजदर नबढ्ने

Read Time = 1 min

काठमाडौं । वाणिज्य बैंकहरूले आगामी मंसिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । बुधबार बसेको नेपाल बैंकर्स संघको बैठकले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो ।

ब्याजदर बढ्दा आर्थिक क्षेत्रमा चाप परेको र लगानीको वातावरण क्रमशः बिग्रँदै गएको भन्दै निजी क्षेत्रका छाता संगठनहरूले ब्याजदर वृद्धिप्रति आपत्ति जनाउँदै आएका छन् ।

ADVERTISEMENT

सोही कारण पनि वाणिज्य बैंकहरू दबाबमा परेको बताइएको छ । ब्याजदर नबढाउने निर्णयसँगै कात्तिक महिनामा लागू गरिएको ब्याजदर नै लागू हुनेछ । बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ ९.१३ प्रतिशत ब्याज प्रदान गर्दै आएका छन् ।

गत वर्षको चैतदेखि गत असोजसम्म मासिक पूर्ववत् ब्याजदरमा १० प्रतिशतका दरले निक्षेपको ब्याजदरमा वृद्धि गर्ने निर्णय गरिएको थियो । गत भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११.३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९.०३ प्रतिशत ब्याजदर रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?