सन नेपाल लाइफको नयाँ बोनसदर

Read Time = 3 mins

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमितले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर पाउने भएका छन् । सन नेपाल लाइफ सावधिक जीवन बीमालेखअन्तर्गत कम्पनीले बीमा योजना र बीमा अवधिका लागि प्रतिहजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । उक्त बीमा लेखअन्तर्गत शून्यदेखि नौ वर्षे बीमा अवधि र १० देखि १४ वर्षे बीमा अवधिका लागि प्रतिहजार ३०-३० रुपैयाँ, १५ देखि १९ वर्षे बीमा अवधिका लागि प्रतिहजार ३५ रुपैयाँ, २० देखि २४ वर्षे बीमा अवधिका लागि ६० रुपैयाँ र २५ वा सोभन्दा बढीका अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनस प्रदान गर्ने भएको छ । कम्पनीको भाग्योदय जीवन बीमालेख(एकल भुक्तानी सावधिक) बीमालेख र बाल समृद्ध जीवन बीमालेख बालबालिकाको सावधिक बीमा) योजनामा बीमितले प्रतिहजार न्यूनतम ३० रुपैयाँ र अधिकतम ७५ रुपैयाँ बोनसदर पाउनेछन् । नवीन आजीवन जीवन बीमा(सावधिक तथा आजीवन) बीमालेखअन्तर्गत बीमितले प्रतिहजार न्यूनतम ३० रुपैयाँ र अधिकतम ७५ रुपैयाँ बोनसदर पाउनेछन् भने सार्थक आजीवन बीमालेख (अग्रिम भुक्तानी तथा आजीवन) बीमालेखअन्तर्गत सबै बीमा अवधिमा बीमितले ३६ रुपैयाँ बोनसदर पाउने कम्पनीले जनाएको छ ।

सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरू(धनलक्ष्मी बीमा योजना समेत) मा बीमितले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनसदर पाउनेछन् भने धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ बोनसदर पाउनेछन् ।

ADVERTISEMENT

कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बीमित र १० प्रतिशत लगानीकर्तालाई वितरण गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?